जानकी मन्दिर परिसरमा कार्यक्रम गर्न नपाइने



काठमाडौं । धनुषाको जानकी मन्दिर परिसरमा कार्यक्रम गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले मन्दिर परिसरमा हुँदै आएको विभिन्न खाले कार्यक्रमहरू अब उपरान्त गर्न नपाइने निर्णय गरेको हो ।

हिन्दुहरूको आस्थाको केन्द्रका रूपमा रहेको जानकी मन्दिरमा पछिल्लो समय विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आएको छ । त्यस्ता कार्यक्रमहरूलाई रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको हो ।

मन्दिर परिसरमा पछिलो समय भएको जनकपुर साहित्य महोत्सवको क्रममा एकजना वरिष्ठ संचारकर्मीले मदिरा खाएर कलाकारलाइ नै गाली गरेपछि सरोकारवालाहरू गम्भीर भएर यस विसयमा निर्णय गरेका हो।

अघि मन्दिर परिसरमा धेरै प्रकारका कार्यक्रमहरू हुँदै आएको छ । अबदेखि ती कार्यक्रमहरू गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्