आइसीसी लिग-२ : पपुवा न्यु गिनीविरुद्ध नेपाललाई छैटौं सफलता



काठमाडौं । आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले ६ विकेट लिएको छ। पछिल्लो पटक नेपालका लागि दिपेन्द्रसिह एैरीले करण केसीमार्फत चाड सोपरलाई रन आउट गर्दै छैटौँ विकेट लिएका छन्।

त्यसअघि नै उनले पाँचौँ विकेटका रुपमा गाउडी टोकालाई पनि आउट गरेका थिए। ६ विकेट खसेर दबाबमा परेको पपुवा न्यूगिनीले ४१ ओभर खेल्दै १४७ रन बनाएको छ। दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा पीएनजीले टस जितेर ब्याटिङ गरेको हो।

तर उसका ओपनर र टप अर्डरका ब्याटरलाई नेपाली बलरले निरन्तर दबाबमा राखेका छन्। नेपालका लागि सन्दीप लामिछानेले एक विकेट लिए। ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए।

सन्दीपले ११ औँ ओभरको तेस्रो बलमा किपलिनलाई एलबीडब्लु धरापमा पार्दै उनीहरुको साझेदारी तोडेका थिए। पीएनजीका मुख्य ब्याटर सेसे बाउ ११ रनमा रन आउट भए। बाउलाई कुशल मल्लको बलमा विकेट किपर आशिफ शेखले रन आउट गराए।

टोनी उरा ३९ रनमा सोमपाल कामीको बलमा क्याच आउट भए। ५१ बलको सामना गरेका टोनीले २ चौका र १ छक्का हाने। कप्तान असद भालालाई चौथो विकेटका रुपमा कुशल मल्लले पवेलियन फर्काए। १९ बलमा ११ रन बनाएको अवस्थामा भाला कुशलको एलबीडब्लु धरापमा परे।

नेपालले पछिल्लो समय दबाब बढाउँदै लाँदा पीएनजी धर्मराएको छ। अहिले क्रिजमा ५६ बलमा २९ रनसहित हिरी हिरी र १० बलमा ८ रन बनाउँदै चाड सोपर छन्।

प्रतिक्रिया दिनुहोस्