कांग्रेस महामन्त्री शर्मा भन्छन् : गठबन्धन बलियो बनाउने विन्दु राष्ट्रपति निर्वाचन हो



विराटनगर । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिले पुनर्जीवित भएको ८ दलीय गठबन्धन बलियो बनाउने विन्दु राष्ट्रपति निर्वाचन भएको बताएका छन्। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन ८ दलीय गठबन्धनद्वारा कोसी प्रदेश सांसदका लागि विराटनगरमा शुक्रबार आयोजित अभिमुखीकरण गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री र नागरिकता विधेयक राष्ट्रपतिले अस्वीकार गरेको हुँदा देशको समग्र अभिभावकत्व लिन सक्ने व्यक्तिका रूपमा गठबन्धनबाट वरिष्ठ नेता पौडेलले उम्मेदवारी दिएको शर्माले बताए ।

राष्ट्रपति पद सेरेमोनियल हुँदा पनि पदको भूमिका आवश्यक हुने गरेको तर योग्य व्यक्ति उक्त पदमा नहुँदा देशले प्राप्त गरेको उपलब्धि गुम्ने जोखिम आउने गरेको उनले बताए ।

उनले यसअघिका राष्ट्रपति निर्वाचनमा मतदाता अनुपस्थित भएको र मत बदर भएकाले अनुपस्थित हुन नदिन र मत बदर हुन नदिन यो अभिमूखीकरण आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्