गणतन्त्र रक्षा र शान्ति प्रक्रिया पूर्णताका लागि राष्ट्रपतिमा रामचन्द्र उपयुक्त : महरा



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शान्ति प्रक्रियाको अधुरा काम पूरा गर्न र संविधान रक्षा, गणतन्त्र रक्षाका लागि राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त पात्र भएको बताएका छन्।विराटनगरमा आज प्रदेश सभा सदस्यहरूसँगको अभिमुखीकरणमा बोल्दै महराले गणतन्त्रको रक्षा सबैको दायित्व भएको बताए।

‘गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको पूर्णताका लागि रामचन्द्र पौडेल नै उपयुक्त पात्र हो,’ उनले भने, ‘गणतन्त्रको रक्षा सबैको दायित्व हो।’शान्ति प्रक्रियालाई टुंगो लगाउन पनि १२ बुँदे तथा शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु मिल्न जरुरी रहेको महराले बताए।

गणतन्त्र , धर्म निरपेक्षता र संविधान उल्ट्याउने खेल भइरहेको दाबी गर्दै उनले भने, ‘नेकपा एमालेसँगको पछिल्लो दुई महिनाको सहकार्य ज्यादै सकसपूर्ण रह्यो।’यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्