उपसभामुख रानाको गुनासो : पुरुष उपसभामुख हुँदा पाउने सुविधा मैले पाइनँ



काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले पुरुष उपसभामुख हुँदा राज्यबाट पाउने सुविधा अहिले आफूले नपाएको बताएकी हुन् ।

पहिला पुरुष उपसभामुख हुँदा खेरी चाहिँ आर्मी दिन्थ्यो रे । उहाँहरुलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ,’ उनको भनाइ थियो ।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उनले आरोप लगाइन् । ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदा थुप्रै सुविधाहरु रहेछ । पुरुषले महिलालाई, ठूलो पार्टीले सानो पार्टीलाई गरिने व्यवहार भ्रष्टाचार होइन र ? कस्तो लाग्छ ? उनले भनिन्, यहाँ जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने । म अन्याय र विभेद सहन नसक्ने मान्छे । म सानो भूइँमान्छे हो । म सांसदमात्रै हुँदा म नर्मल ठाउँबाट जान्थे । भीआईपीको सुविधा प्रयोग गर्दिन भन्थे ।

उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्