‘समयमै उपचार गरे बहिरोपनाको समस्या समाधान हुन्छ’



काठमाडौं: समयमै उपचार गरेमा बहिरोपनाको समस्या समाधान गर्न सकिने विज्ञहरुले बताएका छन् । विश्व श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्टले काठमाडौंमा गरेको कार्यक्रममा ६० प्रतिशत बहिरोपनको समस्या समाधान हुने विज्ञहरुले  बताए ।

सोसाइटीका महासचिव एवं त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले समयमै उपचार गरे बहिरोपनको समस्याबाट बच्न सकिने बताए।

सोसाइटीका अध्यक्ष डा दीपेन्द्र श्रेष्ठले कान स्वास्थ्यलाई सरकारले आफ्नो प्राथमिकतामा नराखेको बताए। बहिरोपनको समस्या न्यूनीकरणका लागि सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ छ । नेपालमा हाल नाक, कान, घाँटी रोग विशेषज्ञ २१५ र अडियोलोजिस्ट र स्पीच ल्याङवेज प्याथलोजिस्ट ९० जना मात्र रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्