सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आजको बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ। उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ। उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन्।

 

प्रतिक्रिया दिनुहोस्