एमाले सचिवालय बैठक सुरु, उपराष्ट्रपति उम्मेदवार चयन गर्ने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।

बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक विषयमा छलफल भइरहेको उनले बताए। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

उपराष्ट्रपतिको लागि मनोनयन दर्ता गर्न निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ।

प्रतिक्रिया दिनुहोस्