उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उमेदवारी दर्ता



काठमाडौं । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन्। उनले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएकी हुन्।

शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ रहेका छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश वर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिमाल छन्।

आजै पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ। उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्