मूल्य वृद्धि ७.८८ प्रतिशत



काठमाडौं । चालु आर्थिक वर्षको साउनमा ८.६४ प्रतिशतको महंगी खेपिरहेका नेपालीहरूले माघमा भने ७.८८ प्रतिशत महंगी खेप्नुपरेको छ। राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ७ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको भएपनि माघ मसान्तसम्ममा यस्तो औसत मूल्य वृद्धिदर ८ प्रतिशत छ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटलबाट प्राप्त सेवामा १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थमा १०.८३ प्रतिशत, पेय पदार्थमा ८.७८ प्रतिशत र मर-मसलाको ८.०८ प्रतिशतले मूल्य वृद्धि देखिएको छ।

गैर(खाद्य तथा सेवा समूह अन्तर्गत यातायातमा १५.५८ प्रतिशत, स्वास्थ्यमा १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूमा ९.७८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूमा ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिमा ८.८१ प्रतिशतले महंगी बढेको छ।

काठमाडौं उपत्यकाका मानिसहरूले ८.४७ प्रतिशतको मूल्यवृद्धि खेपिरहँदा तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत महंगी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्