सुनको मूल्यले राख्यो हालसम्मकै उच्च रेकर्ड



काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ। आइतबार बजारमा प्रतितोला १ लाख १० हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ। शुक्रबार १ लाख ७ हजार १०० मा कारोबार भएको सुनमा आइतबार २ हजार ९०० ले वृद्धि भएको हो।

यसअघि गएको माघ १९ मा सुन १ लाख ७ हजार ५०० मा कारोबार भएको थियो, जुन रेकर्ड आइतबारको मूल्यवृद्धिसँगै तोडिएको हो। आज तेजावी सुन १ लाख ९ हजार ५०० मा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य महँगिदा नेपालमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्