विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सहयोग



सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाका विभिन्न तीनवटा वडाका  विपन्न मुस्लिम समुदायका परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ। हरिपुर नगरपालिका २, ३ र ५ का  विपन्न २ सय ४८ मुस्लिम समुदायका परिवारलाई प्रति परिवार ५ हजार ६ सय २५ बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको इस्लामीक रिलिफ नेपालले जनाएको छ।

आफुहरुको महान चाड रमजानको मुखैमा खाद्यान्न सहयोग प्राप्त भएपछि निकै खुसी लागेको हरिपुरका भोला शेषले बताए। आफ्नो समुदायको महान पर्व रमजानलाई लक्षित गर्दै हरिपुर नगरपालिकासंगको समन्वयमा इस्लामीक रिलिफ नेपाल र बागमती सेवा समाज हरिवनले राहत स्वरुप खाद्यान्न सामाग्री सहयोग गरेको प्रति सहयोगी संस्थालाई शेषले धन्यवाद समेत दिए ।

आफुहरुको महान चाड रमजानलाई लक्षित गर्दै पर्व आउनुभन्दा खाद्यान्न सामग्री पाएपछि एकदम खुसी लागेको हरिपुरकी इस्लामुन नेसाले बताइन्। आफुहरुको महान पर्व रमजानको मुखैमा खाद्यान्न सहयोग प्राप्त भएपछि निकै खुसी लागेको उनले बताइन्।

सर्लाहीको हरिपुर र इश्वरपुर नगरपालिकामा गरी १ हजार २ सय ४० विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गर्न सुरुभएको हो।नगरपालिकाले अति विपन्न भनी सिफारिस गरेपछि उनीहरुलाई खाद्यान्न सहयोग सुरु गरिएको छ ।

शनिवार,आईतवार र सोमबार तीन दिन गरि हरिपुरका २ सय ४८ मुस्लिम परिवारलाई चामल, दाल, खानेतेल, चिनी, नुन गरी ५ हजार ६ सय २५ बराबरको खाद्यान्न वितरण गरिने बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्कीले बताए।

उनका अनुसार फुसको घर भएका, आफनो खेती योग्य जमिन न्यून रहेका, दैनिक आम्दानीको स्रोत नभएका, मासिक आम्दानी १५ हजारभन्दा न्यून भएका, विपद्को जोखिममा रहेका वा क्षेती ग्रस्त, अती विपन्न तथा पछाडि पारिएका,अपाङ्गता, गर्भवती महिला, बालबालिका र वृद्ध घरमुली भएका, टुहुरा बालबालिका तथा कुपोषित बालबालिका भएका, दिर्घरोगी लगायतका परिवारलाई खाद्यान्न सामाग्री वितरण सुरु गरिएको हो।

शनिबार पहिलो दिन २ सय ४८ जना विपन्न मुस्लिम समुदायका परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको र क्रमश हरिपुरको विभिन्न वडा गरि करिब ६ सय विपन्न परिवार तथा ईश्वरपुर नगरपालिकाको विभिन्न वडाका गरि करिब ६ सय विपन्न परिवारलाई गरि कुल एक हजार २ सय ४० विपन्न परिवारमा खाद्यान्न सामग्री वितरण गरिने कार्यक्रम संयोजक गजेन्द्र साहले जानकारी दिए ।

शनिवार,आईतबार र सोमबार गरि ३ दिनमा २ सय ४८ मुस्लिम परिवारलाई चामल, दाल,खानेतेल,चिनी र नुन गरी ५ हजार ६ सय २५ बराबरको खाद्यान्न सामग्री वितरण गरिने कार्यक्रम संयोजक साहले बताए ।

खासगरी फुसको घर भएको, आफनो खेती योग्य नम्बरी जग्गा न्यून भएको, दैनिक आम्दानीको स्रोत नभएको, मासिक आम्दानी १५ हजारभन्दा न्यून भएको, विपद्को जोखिममा रहेको वा क्षेती ग्रस्त, अती विपन्न तथा पछाडि परिएको, अपाङ्गता, गर्भवती महिला, बालबालिका र वृद्ध घरमुली भएका, टुहुरा बालबालिका तथा कुपोषित भएको, दिर्घरोगी भएको घरपरिवारलाई खाधान्न सामग्री वितरण गरिने बागमती सेवा समाज हरिवनका अध्यक्ष कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्