बालुवाटार बैठकमा प्रधानमन्त्रीले पेश गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा



काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन्। अब उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । ‘सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो। भोलि त्यसमा छलफल हुन्छ’ उनले भने।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए। उनले मन्त्रालय भागवण्डामा धेरै समस्या नभएको बताए। ‘कुरा नमिल्ने केही छैन, सरकार चाँडै विस्तार हुन्छ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्