आजदेखि आईपीएल : उद्घाटन खेलमा चेन्नई र गुजरात भिड्दै



काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) टी-२० क्रिकेट आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन विश्वको नै ठूला क्रिकेट स्टेडियम अहमदाबादमा हुँदैछ। उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ।

यो खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा राति पौने ८ बजेदेखि सुरु हुनेछ। गत सिजन डेब्युमै उपाधि जितेको गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन्।

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ। १० टिम सहभागी लिगमा कूल ७४ खेल हुनेछन्।

हरेक टोलीले घरेलु मैदानमा खेल्न पाउने भएपछि टिमका समर्थकहरु उत्साहित छन्। यस पटक हरेक टिमले लिगमा १४ खेल खेल्नेछन्। जसमध्ये ७ खेल घरेलु मैदानमा र ७ खेल बाहिर गएर खेल्नुपर्नेछ।

आईपिएलमा यस सिजनदेखि इम्प्याक्ट प्लेयर नियम लागु हुनेछ। कुनैपनि टोलीले खेलको क्रममा १४ ओभर भित्रमा एक खेलाडी परिवर्तन गर्न सक्नेछन्। जसले गर्दा टोली थप मजबुत हुनेछन्।

फ्रेन्चाइज टोलीले आफ्नो आवश्यकता अनुसार ब्याटिङ र बलिङमा फरक खेलाडी मैदान उतार्न सक्छन्। इम्प्याक्ट प्लेयर एक पटक बाहिरएपछि पुन खेल्न भने पाउँदैन। उसको स्थानमा जुन खेलाडी आएको हो त्यसले नै बाँकी सबै खेल खेल्नेछ। टसपछि प्लेइङ ११ बुझाउने नियम लागु हुनेछ।

प्रतिक्रिया दिनुहोस्