ट्विटरको लोगो परिवर्तन, अब निलो चराको ठाउँमा कुकुर



काठमाडौं । सामाजिक सञ्जाल ट्विटरको लोगो फेरिएको छ। ट्विटरका मालिक एल‍न मस्कले उक्त प्लेटफर्मको लोगोबाट चरो हटाएर कुकुर राखेका हुन्। सोमबार रातिदेखि ट्विटरमा चरोको लोगो हटेर कुकुर देखिन थालेको हो।

मस्कले लोगो परिवर्तन गरेको पुष्टि गरेका छन्। ट्विटरको स्वामित्व आफ्नो हातमा आएपछि अमेरिकी अर्बपति एलन मस्कले लोगो परिवर्तन गर्ने आश्वासन दिएका थिए। उनले त्यो कुरा मंगलबार पुरा गरेको मिडियाहरूले बताएका छन्। उनले ट्विटमार्फत् भनेका पनि छन्, ‘मैले आफ्नो वचन पुरा गरेको छु।’

मस्कले गत अक्टुबरमा ट्विटर किनेका थिए। यसपछि उनले एकपछि अर्को परिवर्तन गर्दै आइरहेका छन्। सर्वप्रथम उनले निलो टिकको लागि शुल्क लिने घोषणा गरेका थिए। उनले कर्मचारी कटौती पनि गरेका थिए, जसमा सीईओ भारतीय मूलका पराग अग्रवाल पनि समावेश थिए।

लामो समयदेखि ट्विटरको लोगोको रूपमा निलो चरा देखेका प्रयोगकर्ताले कुकुर लोगो बनाइएपछि अचम्म मानेका छन्। उनीहरूले प्रश्न पनि उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्