माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ। आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने नेताहरुले बताएका छन्। बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने  पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्