उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज



काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आज (बिहीबार) अन्तिम नामवली प्रकाशन गरिँदै छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ।  उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि आजै चुनाव चिह्न वितरण गरिने निर्वाचन आयोगले जनाएको छ।

आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ। तनहुँ-१, बारा-२ र चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको हो।

गत मंसिर ४ को चुनावमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन-२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्