उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू 



काठमाडौं । आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज) देखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

चितवन–२, बारा–२तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले मन्त्रीहरू, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू हुने छ । 

प्रतिक्रिया दिनुहोस्