पदम लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्काे निर्णय



काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशको नामाकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको छ । आन्दोलनको क्रममा चैत ५ गते घाइते भएका धरानका पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्