विदेशमा ज्यान गुमाउनेको बिमा रकम ठगी गर्दै आएको समुह पक्राउ



काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरूको बिमा रकम ठगी गर्ने समुह पक्राउ परेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले आफ्नो लामो अनुसन्धान पछि उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरूले विदेशमा  गएर ज्यान गुमाएका वा  स्वदेशमै ज्यान गुमाएका परिवारका सदस्यहरूलाई आफू बिमा कम्पनीको मान्छे रहेको ,आफूहरू पैसा निकाल्न सहयोग गर्ने भन्दै उनीहरूको काम गरिदिने र उनीहरूको बिमा मार्फत कति रकम निकालेको भन्ने पनि नबताएर आफूहरूले पीडितहरूले पाउने रकम लिने गरेका थिए । उनीहरूले पीडितहरूलाई उनीहरूले पाउने रकमको थौरै रकम लिने गरेका अनुसन्धानबाट खुल्न आएको छ । 

ती व्यक्तिहरूको समुहले  ८ -१० जनाको बिमाको रकमका लागि भन्दै सिफारिस लिएर आए पछि शंका लाग्दा अनुसन्धान थालिएको हो ।अनुसन्धानबाट उनीहरूले  धनुषाधाम नगरपालिका-९ का एक जान विदेश गएका तर उनी बिरामी भएपछि,नेपाल आएका र नेपालमा आएपछि उनको निधन भएको र उनको निधन भएपछि ती व्यक्तिहरू उनको घरमा गएका र उनकी श्रीमतीलाई इन्स्युरेन्स कम्पनीको कर्मचारी हौ भनेका र आफूहरूले पैसा निकाल्न सहयोग गर्न बताएका थिए । उनीहरूले भने अनुसार आफूहरू पैसा त निकाले तर निकाले पैसामा भने केही पैसा मात्रै उनलाई दिए । उनलाई थाहा थिएन पैसा पाइन्छ भनेर उनले जति पाए त्यति लिइन् । ती व्यक्तिहरूले बिमा मार्फत १३ लाख निकाले तर मृतकको श्रीमतीलाई ५ लाख  मात्रै दिएको अनुसन्धानबाट खुल्न आयो ।

पक्राउ परेका एजेन्ट सर्लाहीका डिकबहादुर मल्ल, रविन भनिने रविन्द्र मोक्तान र प्रकाशबहादुर गोलेको साथबाट गरेर ३५ जना मृतकको विवरण फेला परेको छ । जस मध्ये उनीहरूले धरैको बिमा मार्फतका रकम निकालेको पाइएको छ । उनीहरूले विदेशबाट शव ल्याँउदा विमानस्थमै  मृतकका परिवार भेट्ने गरेको पाइएको छ । 

प्रहरीका अनुसार वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीले मृतकको विवरण ठगी गर्ने गिरोहका सदस्यस पुर्‍याउने गरेको पाइएको छ । अपराध अनुसन्धान कार्यालयले शुक्रबार अपराह्न उनलाई बोर्डको कार्यालयबाटै पक्राउ गरेको छ । प्रहरी अनुसन्धानकै क्रममा रुन्द्रमान र विनोदकुमार लामा  पनि पक्राउ परेका थिए । उनीहरूलाई एजेन्टका रुपमा खटाएको  थियो ।  गिरोहका योजनाकार काभ्रेपलाञ्चोकका रामबहादुर तामाङ रहेका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्