उपप्रधानमन्त्री खड्काले सुर्खेत पुगेर माटोलाई ढोगे



काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका पूर्णबहादुर खड्काले सुर्खेत जहाजबाट ओर्लने बित्तिकै माटोलाई ढोगेका छन् । खड्कालाई स्वागत गर्न त्यहाँ कांग्रेसका अन्य नेता तथा कार्यक्रमहरू पनि सहभागी रहेका थिए । खड्का सुर्खेतमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनका लागि त्यहाँ गएका हुन् ।  

सुर्खेत विमानस्थलमा पत्रकार कार्यक्रम पनि आयोजना गरिएको थियो । पत्रकार कार्यक्रममा उनले अब आफू जनताको हितमा काम गर्ने र जनताको दिएको मतको कदर गर्दै अगाडि बड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्