रौतहटमा भीषण आगलागी हुँदा २१ घर जलेर नष्ट



रौतहट। रौतहटको माधवनारायण नगरपालिकामा आगलागी हुँदा २१ घर जलेर नष्ट  भएका छन् ।  आगलागी माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको हो । स्थानीय जिउत मुखियाको घरबाट सल्किएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको जनाइएको छ । 

आइतबार दिउँसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको हो । हावाका कारण उनको घरमा लागेको लागेको आगो अरुको घरमा पनि सरेको हो । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र  आगो नियन्त्रणमा लिएको हो । आगोबाट मानवीय क्षति भने भएको छैन् । 

प्रतिक्रिया दिनुहोस्