सिंहदरबारको फोहोर नउठाउनुमा मेयर शाहले देखाए १४ कारण



काठमाडौं । जनजीविकाका सवालमा पटकपटक सहयोग माग्दा पनि सिंहदरबारले बेवास्ता गरेका कारण बाध्य भएर त्यहाँको फोहोर नउठाउने निर्णय गर्नुपरेको काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले बताएका छन्।

सिंहदरबारमा थुप्रिएको फोहोर नउठाएर महानगरपालिका गैरजिम्मेवार भएको भन्दै आलोचना भइरहेका बेला मेयर शाहले सोमबार बिहान सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।

आफूले महानगर क्षेत्रभित्रका समस्या समाधानका लागि सिंहरदरबाभित्र रहेको केन्द्रीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि उसले स्थानीय सरकारसँग समन्वय गर्न र सहमति भएका कुराहरू कार्यान्वयन गर्न आनाकानी गरिरहेकाले सिंहदरबारले समस्याको चाङ आफू छेउमा थुप्रिएको फोहोरमा देखोस् भनेर फोहोर नउठाउने निर्णय गरिएको मेयर शाहले उल्लेख गरेका छन्।

‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो, यो दबाब आवश्यक छ भन्नेमा सायदै दुइमत रहला’, शाहले फेसबुकमा लेखेका छन्। यस क्रममा उनले केन्द्रीय सरकारले अहिलेसम्म के के कुरामा असहयोग गर्‍यो भन्ने विषयमा १४ वटा उदाहारण पनि पेस गरेका छन्।

यस्तो छ मेयर शाहले लेखेको स्ट्याटस-

प्रतिक्रिया दिनुहोस्