आज प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ।

सार्वजनिक दैनिक कार्यसूचीअनुसार आजको संसद् बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने कार्यक्रम छ।

यसैगरी दोस्रो नम्बरमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्