कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना- शेरबहादुर देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टी निकट नेपाल शिक्षक संघको नबौं संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको बताए ।

उनले भने, ‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि भोलि हामी सबै लागेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर सबै लाग्यौं भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस्