पर्साका मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध राजस्व हिनामिना गरेको भन्दै उजुरी 



काठमाडौं । पर्साका तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिना आरोपमा तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन कार्यालय प्रमुख पोखरेलले लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी आफ्नो कार्यकाल २०७२/०७३ मा ९३ लाख ६६ हजार २०९ हिनामिना गरेको अख्तियार जनाएको छ ।

तत्कालीन कार्यालय प्रमुख विश्वकर्माले पनि आर्थिक वर्ष २०७२/०७३ मा १ लाख ४१ हजार ८२५ रुपैयाँ हिनामिना गरेको, तत्कालीन नायब सुब्बा गुप्ताले आर्थिक वर्ष २०७२/०७३ मा राजस्वमा ९५ लाख ८ हजार ३४ रुपैयाँ हिनामिना गरेका  जनाइएको छ ।  त्यस्तै तत्कालीन लेखापाल चौधरीले पनि ९५ लाख ८ हजार ३४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्