सगरमाथामा तीन आरोही बेपत्ता , हेलिकप्टर मार्फत खोजी कार्य जारी 



काठमाडौं ।  आरोहण गर्न सगरमाथामा गएका तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाले उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेका बताएका छन् ।  

दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा  हराएका हुन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरूको खोजी कार्य भइरहेको छ ।

उनीहरूको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अती शेर्पा आरोही आफ्नो कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्