प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा गर्न गृहलाई सिफारिस



काठमाडौं । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।  नेपाल प्रहरीले  विभिन्न १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो । 

 आज बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपी कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्यलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल समेत बढुवा सूचीमा  रहेका छन् । मन्त्रालयको सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्