वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। बुधबार सम्पन्न चुनावबाट उनी निर्वाचित भएका हुन्। वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका ढकालले ६१ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी मनिषलाल प्रधानले भने ५२ मत ल्याएका छन्। अर्का उम्मेदवार शकुन्तलाल हिराचनले ७ मत ल्याएका छन्। प्रधान अञ्जन श्रेष्ठको प्यानलबाट र हिराचन रामचन्द्र संघाईको प्यानलबाट प्रत्यासी थिए।

प्रतिक्रिया दिनुहोस्