बैङ्कहरूको स्प्रेड दरमा प्रभावकारी अनुगमन भएन : महालेखा



काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कले तोकेको स्प्रेड दर प्रभावकारी कार्यान्वयन  नगरेको बताएको  छ । महालेखापरीक्षकको कार्यालयले आज एक प्रतिवेद निकाल्दै  स्प्रेड दरमा प्रभावकारिता नभएको बताएको हो। महालेखापरीक्षकको कार्याले कार्यालयले  अहिले आर्थिक काम अनौपचारिक क्षेत्रमा गइरहेको र त्यसलाई वित्तीय क्षेत्रमा ल्याउन आवश्यक रहेको बताएको छ ।

आर्थिक बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याज आय र ब्याज खर्चको विवरण हेर्दा अन्तर उल्लेख्य देखिएकोले ब्याज आय तथा खर्चमा हुने फरक (स्प्रेडदर) को प्रभावकारी अनुगमन गरी तोकिएको सीमामा हुनुपर्ने महालेखाले औँल्याएको छ  । 

 बैङ्कहरूको निक्षेपमा औसत ब्याजदर र कर्जाको दर २०७९ सारमा क्रमशः ७.३४ प्रतिशत र ब्याजदर ११.५४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । २०७७ असारमा क्रमशः ६.०११०.११ प्रतिशत तथा २०७८ आसरमा ८.४३११.६२ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याज आय ब्याज खर्चभन्दा सन् २०२०-२१ मा १ खर्ब ७५ अर्ब ६५ करोड ६० लाख र सन् २०२१/२२ मा २ खर्ब ८ अर्ब ८२ करोड १० लाख बढी देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्