सुदूरपश्चिममा मन्त्रालयहरूकाे भागबन्डा अझै मिलेन



काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकाले लामो समय देखि पूर्णता पाउन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ७ सदस्यीय प्रदेश मन्त्रिपरिषद् रहेको रहेको छ । ७ सदस्यीय मन्त्रीपरिषद् भएको सुदूरपश्चिममा चार मन्त्रालय नेतृत्व विहीन रहेका छन् ।

सुदूरपश्चिममा मुख्यमन्त्रीले प्रदेशमा आन्तरिक तथा सामाजिक विकास, भूमि व्यवस्था कृषि र उद्योग पर्यटन नव तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् । २६ माघमा नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले २७ माघमा दुई मन्त्री नियुक्त गरेका थिए। लामो समयदेखि मन्त्रीपरिषद्ले पूर्णता नपाएपछि प्रदेश सरकारमाथि धेरै प्रश्नहरू उठेका छन् ।

माघ २६ मा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि शाह सोही दिन मुख्यमन्त्री नियुक्त भएका थिए। उनले काङ्ग्रेसबाट प्रकाश देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र एकीकृत समाजवादीबाट नरेश शाहीलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरे। फागुन २१ गते विश्वासको मत लिएका कमल बहादुर शाहीलाई काँग्रेस र एकीकृत समाजवादीका ,माओवादी र नागरिक उन्मुक्तिले विश्वासको मत दिएका थिए । अहिले सुदूरपश्चिम प्रदेश सरकारमा ४ पार्टी रहेका छन्।

मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मुख्यमन्त्री शाहले माओवादी र नागरिक उन्मुक्तिलाई सरकारमा सामेल गराउन सकेका छैनन् । सुदूरपश्चिममा माओवादीले आलोपालो मुख्यमन्त्रीसहित अहिले ३ मन्त्री र नागरिक उन्मुक्तिले दुई मन्त्रीसहित १ राज्यमन्त्रीमा दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्