पोखराको सेती खोँचमा बालक खसे पछि…



पोखरा । पोखरामा सेती खोँचमा एक बालक खसेका छन् । आज शनिवार दिउँसो  त्यहाँ खेल्न पुगेका पोखरा ८ का स्मिथ पराजूली सेती खोँचमा खसेको प्रहरीले जनाएको छ ।

पोखरा ८ नागढुंगा बस्ने स्मिथ ती नजना साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा सेती खोँचमा खसेका वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीले बताए । दिउँसो ३ बजेको समय खोँचमा खसेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले स्मिथको खोजीकार्य  गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्