गढीमाईमा गोली चल्दा एक जनाको ज्यान गयो  



रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको  ज्यान गएको छ । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यलय रौतहटका अनुसार गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबिच झडप हुँदा गोली चलेको  हो ।

विवादका क्रममा गोली लागेका यादवलाई उपचारका लागि वीरगन्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली कसले चलायो भन्ने खुलेको छैन ।गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव पनि घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धान चालेको छ ।

प्रतिक्रिया दिनुहोस्