प्रदूषित हावाका कारण हवाई उडान प्रभावित



काठमाडौँ । प्रदूषित हावाका कारण देशैभर हवाई उडान प्रभावित भएका छन् । कम भिजिबिलिटीका कारण आइतबार आन्तरिक विमानस्थलहरूको उडान प्रभावित भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले धनगढी र पोखरा विमानस्थलमा सामान्य उडान भइरहेको छ भने अन्य विमानस्थलमा उडानहरू डिले हुने समस्या छ । अन्तर्राष्ट्रिय उडानहरू भने भइरहेका छन् । आइतबार बिहानैदेखि तराईका अधिकांश विमानस्थलहरूमा भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्