परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएका हुन् । साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका  हुन् । प्रधानमन्त्री प्रचण्डले नारायण प्रकाश साउदलाई नेपालको संविधानको धारा ७६ को उपधार ९ अनुसार  परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।  यसअघि उक्त मन्त्रालय प्रधानमन्त्री आफैले समाल्दै आएका थिए ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्