प्रदेश संरचना आर्थिक रूपमा खर्चिलो र बोझ, सेतो हात्ती मुलुकलाई आवश्यक छैन  : कमल थापा



काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेशको संरचना काम अनावश्यक भएको बताएका छन् । आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचना आर्थिक रूपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नरेको बताएका हुन् । 

थापाले भने, ‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ । तलबभत्ता खान ऋण लिनुपर्ने भयो । यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन, खारेज गर्नुपर्छ ।’

 देशमा विसङ्गति बढेको भन्दै सबै हिन्दुवादीहरुलाई  एक हुन पनि आह्वान गरेका छन् । उनले पार्टीलाई स्थापित गर्न धैर्य, मेहनत र सक्रियता आवश्यक भएकाले उच्च मनोबलसहित संगठन केन्द्रित हुनुपर्ने बताए ।बैठकमा महामन्त्रीत्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय, प्रशिक्षण र संगठन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्