गाउँपालिका उपाध्यक्षकै किर्ते हस्ताक्षर गरी भुक्तानी 



डोटी । डोटीको सायल गाउँपालिकाका उपाध्यक्षको किर्ते हस्ताक्षर गरी भुक्तानी लिइएको पाइएको छ । गाउँपालिका उपाध्यक्ष निर्मला बोहरा ओलीको हस्ताक्षर किर्ते गरी भुक्तानी लिएको पाइएको हो । गाउँपालिकामा निर्माण भइरहेको १० शय्याको अस्पतालको फिल्ड निर्माण कार्यको भुक्तानी दिँदा आफ्नो किर्ते हस्ताक्षर गरिएको उपाध्यक्ष  ओलीले बताएकी छन् ।

अस्पतालको फिल्ड निर्माणको काम सम्पन्न भएको भनी तयार गरिएको प्रतिवेदनमा नक्कली हस्ताक्षर गरेको  पाइएको हो । प्रतिवेदमा हस्ताक्षर गरेको पाइएको तर त्यो हस्ताक्षर आफ्नो नभएको उनले बताए ।

उनले उक्त विषलाई कार्यपालिको बैठकमा पनि उठाएको बताएकी छन् । साथै उनले उक्त कार्यमा आफ्नो कुनै गल्ती नभएको पनि बताएकी छन् ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले अस्पताल निर्माण कार्य सम्पन्न भएको भनी कार्यालयमा पेस भएको अनुगमन प्रतिवेदन आएपछि २०७९ साल असार २५ गते उपभोक्ता समितिको खातामा जम्मा हुने गरी ८ लाख रुपैयाँ भुक्तानी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्