राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।राष्ट्रपतिले सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्रीको पत्रको आधारमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको हो ।

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ सेना परिचालनसम्बन्धी व्यवस्था रहेको छ । सुरक्षा निकायहरू बिच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को चैत २८ मा सिफारिस गरेपछि मन्त्रिपरिषद्को सोही दिनको बैठकले आवश्यक निर्णय गरेको थियो । चैत ३० गते प्रधानमन्त्री प्रचण्डले लेखेको पत्रको आधारमा राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्