सभापति रवि लामिछानेले मागे माफी 



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माफी मागेका छन् । तनहुँमा आयोजित चुनावी सभाको सम्बोधनका क्रममा उनले आफ्ना पार्टीका समर्थकहरूले सामाजिक सञ्जालमा गरेको गालीगलौजप्रति माफी मागेका हुन ।

कार्यक्रममा ,बोल्दै उनले भने  ‘अहिले पनि सामाजिक सञ्जालमा कतिपय मानिसहरूले हाम्रा समर्थकहरूले गाली गरेको कुरालाई हामीलाई कटाक्ष गरेको कुरालाई मैले हेरे । हाम्रा समर्थकहरूले कसैलाई गालीगलौज गर्नुभएको रहेछ । त्यसको भार पनि हाम्रो टाउकोमा हालिएको छ । म क्षमा चाहन्छु हाम्रो कार्यकर्ता छैनन् र हुनेवाला पनि छैनन् । यो पार्टी कार्यकर्ता रहित पार्टी हो। केही सदस्य छन् सँगसँगै हिँड्छन् ।’

अध्यक्ष रवि लामिछानेले रास्वपालाई माया गर्नेहरूलाई कसैलाई गालीगलौज नगर्ने आग्रह गरे ।उनले भने , कुनै पनि समर्थकले देश विदेशबाट गरिएको रहेछ भने त्यो हाम्रो निर्देशनले होइन। रास्वपालाई माया गर्नुहुन्छ भने कसैलाई गालीगलौज नगर्नुहोला । त्यसको दोष हाम्रो टाउकोमा पर्न आउँछ । जसले गरेका छन् मैलले हात जोडेर माफी मागे । क्षमा गरिदिनुहोला। हाम्रो तर्फबाट भएको होइन ।

प्रतिक्रिया दिनुहोस्