चर्चित सिरियल ‘कसौटी जिन्दगी कि’ पुन आउदै



सन् २००१ अक्टोबर २९ देखि सुरु भएर ७ वर्षसम्म चलेको बालाजी टेलिफिल्म्स्को प्रख्यात सिरियल ‘कसौटी जिन्दगी कि’ को दोस्रो सिजन ‘कसौटी जिन्दगी कि २’ यही सेप्टेम्बर १० ९२५ भदौ० देखि प्रसारण हुने भएको छ । स्टार प्लसबाट प्रसारण हुने यो सिरियल सोमबारदेखि शुक्रबार राति भारतीय समयअनुसार ८ बजे प्रसारण हुनेछ।

यसमा कलाकारहरु भने नयाँ हुनेछन् । जसमा श्वेता तिवारीले खेलेको प्रेरणाको भूमिका एरिका फर्नान्डिस र सिजने खानले खेलेको अनुराग बासुको भूमिका पार्थ समथानले निर्वाह गर्नेभएका छन्।

त्रिपक्षीय प्रेमकथामा आधारित यो सिरियलमा मिस्टर बजाजको भूमिका बरुन सोबती र उर्वशी ढोलकियाले निर्वाह गरेको कोमोलिकाको भूमिकामा हिना खान देखिनेछिन् । यसमा शाहरुख खानले विशेष भूमिका निर्वाह गर्ने जनाइएको छ । बालाजी टेलिफिल्म्सकी एकता कपुुरले इन्स्टाग्रामबाट सिरियलको थिम सङ र प्रोमो पनि सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्