सामसङले नबील बैंकसँगको सहकार्यमा ल्यायो नयाँ ग्यालेक्सी ए५४,५जी र ए३४, ५जिको खरिदमा आकर्षक क्यासब्याक योजना !



काठमाडौँ । सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४, ५जी र ग्यालेक्सी ए५४,५ जिको खरिदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ । यस योजनाको लागि सासमसङले नबल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। जस अनुसार नबील बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ग्यालेक्सी ए३४,५ जी र ग्यालेक्सी ए५४, ५ जी खरिद गर्दा रु.२००० क्यासब्याक प्राप्त गर्नेछन् ।

सामसङ ग्यालेक्सी ए३४,५ जी र ग्यालेक्सी ए५४, ५ जी नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो र उपलब्ध भएदेखिनै तिनमा विद्यमान असाधारण पर्फर्मेन्स र अद्भुत विशेषताहरूको कारण मोबाइल बजारलाई तताइदिएको छ । यी दुवै मोडलहरूमा  आकर्षक क्यामराहरू र धेरै दिनसम्म चलिरहने ५,००० एमएएच ब्याट्री जडित छन् भनेँ यी मोडलहरू अद्वितीय डिजाइनहरू एवं विविध रँगहरूमा उपलब्ध रहेका छन् ।

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४,५ जी र ग्यालेक्सी ए५४,५ जी ग्राहकहरूका लागि अझ बढी सुलभ भएको छ । ग्राहकहरूले उनीहरूसँग भएको नबील बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत चुनिएका स्टोरहरू अथवा ब्रान्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४,५ जी र ग्यालेक्सी ए५४,५ जी खरिद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्