सेयर बजारमा सामान्य गिरावट 



काठमाडौँ । गत हप्ता उकालो लागेको सेयर बजार परिसूचक नेप्से यो हस्ता भने लगातार ओरालो लागेको छ । नेप्से लगातार चौथो दिन आज  बुधवार पनि ओरालो लागेको हो ।

आज सेयर बजार परिसूचक नेप्से सामान्य ३‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.०७ अङ्कले ओरालो लागेको हो ।  आज  नेप्से ओरालो लागेसँगै १९ सय ४ दशमलव ९८ विन्दुमा पुगेको छ ।

आज यस दिन सेन्सेटिभ इण्डेक्स ०‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍१७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अङ्क घटेको छ।आज विभिन्न २६६ स्टकको २४ हजार ३४९ पटकको कारोबारमा ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता शेयर  किनबेच भएको छ ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  सइनराज ब्लुचिप फण्डको इकाईमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशत बढेको छ। आज  ओरालो लाग्नेमा आदर्श लघुवित्त र बाराही हाइड्रोपावर रहेको छन् यीनिहरुको सेयर मुल्य  सेयर मूल्य ४ प्रतिशतभन्दा  धेरैले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। यस दिन प्रभु बैंकको ५ करोड २६ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्स र नेष्डो समृद्ध लघुवित्तको यस दिन ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्