मिटरब्याज पीडितमाथि भएको धरपकडको छानबिनका लागि समिति गठन 



काठमाडौँ । काठमाडौँको शान्तिबाटिकामा मिटरब्याज पीडितमाथि भएको धरपकडको घटनामा छानबिन गर्नका लागि समिति गठन गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन  गरिएको हो । समितिले घटनाको छानबिन गरी रिपोर्ट बुझाउने छ । घटनामा प्रहरीका डीएसपीसहित ८जना घाइते भएका थिए भने आन्दोलनकारीतर्फ पनि २० जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्