डिआइजीमा बढुवा सिफारिसविरुद्ध उजुरी



काठमाडौँ । नेपाल प्रहरीका १३ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गर्ने निर्णय गरिएको उजुरी परेको छ । बढुवाका लागि दाबेदार रहेका दुई एसएसपीले आफूहरूको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् । उनीहरूले लोकसेवा आयोगमा मङ्गलवार उजुरी दिएका हुन् ।

उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन् । बढुवा समितिको चैत २९ गते बसेको  बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले  सूची प्रकाशित गरेको थियो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्