रवि लामिछानेका चालकलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक दिलबहादुर थापालाई थप उपचारका लागी  काठमाडौँ ल्याएको छ ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजको सघन उपचार कक्षमा उपचाररत उनलाई चिकित्सक र आफन्तको सल्लाहमा काठमाडौँ ल्याइएको  पार्टी सभापति रवि लामिछाने  आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।

भरतपुरमा करिब ३६ घण्टा उपचारको क्रममा शम्भुको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको छ । सोमबार बिहान तीनतले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएका थिए । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्