निर्वाचन प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह



काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ । निर्वाचन आयोगले हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पनि निर्वाचनको प्रचारका लागि हेलिकप्टर नदिन भनेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै यही वैशाख १० गते बारा, चितवन र तनहुँ जिल्लामा हुन लागेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा हेलिकप्टर प्रयोग नगर्न भनेको हो ।

मङ्गलवार बसेको अयोगको बैठकले यसबारे निर्णय गरेको  आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड (६)मा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको रहे पनि उपनिर्वाचन हुने क्षेत्रमा यातायातको सहज पहुँच भएकोले हेलिकप्टर प्रयोग नगर्न आयोगले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्