भीमफेदी कारागारमा रहेका एक जना कैदीको उपचारका क्रममा मृत्यु 



काठमाडौँ । भीमफेदी कारागारमा रहेका एक जना कैदीकाे उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दाका एक जना कैदिबन्दीको उपचारको क्रममा छ मृत्यु भएको हो ।

कारागारमा रहेका मनहरी गाउँपालिका ६ लोथरका ३५ वर्षीय समिर परियार बिहान करिब ११ बजेतिर एक्कासी आफैँ बेहोस भई ढलेपछि उपचारको लागि हेटौँडा अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा  १२ : २० मा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्