अर्थतन्त्र सङ्कटमा छैन : गृहमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा नरहेकाे बताएका छन् ।आज शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधानका उपायहरू खाेजी सुधार गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने , ‘अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्नेछौँ । मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा छैन । गम्भीर सङ्कटमा नभए पनि केही समस्याहरू देखा परेका छन् । देखा परेका समस्या सरकारले समाधान गर्न हामीले छलफल गरिरहेका छौँ ।’

उनले सरकारले सबैसँग सहकार्य गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्ने उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्