निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन बन्दैन : प्रधानमन्त्री प्रचण्ड 



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई नियन्त्रण गर्ने  कुनै पनि कानुन नबनाइने बताएका छन् । शुक्रवार नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेटमा प्रचण्डले यस्तो बताएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई समेत दिएका छन् ।

भेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै  प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन् । सो क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवर्द्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।

प्रचण्डले अहिलेको आर्थिक अवस्था असामान्य रहेको बताउँदै सरकारले  निजी क्षेत्रलाई हानी पुग्नेगरी  कुनै कानुन नबाउने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्