कोरिया जाने भाडा महँगो भएको गुनासोपछि,सरकारले ईपीएसलाई सोध्यो स्पष्टीकरण !



काठमाडौँ । सरकारले ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई भाडा किन महँगो भएको भन्दै ईपीएस कोरिया शाखालाई स्पष्टीकरण सोधेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत ईपीएस कोरिया शाखालाई स्पष्टीकरण सोधेका हुन् ।

ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ? प्रतिव्यक्ति नाफा कति आउँछ ? कति प्रतिशत बढाउन पाउने नियम छ ? लगायतका प्रश्न  मन्त्री  किराँतीले सोधेका हुन् । किराँतीले कोरियन एयरलाइन्सले अहिले सम्म एकलौटी कति यात्रु बोकेको छ ? समग्रमा अहिले सम्मको टिकटको बजेट कति हुन आउँछ ? त्यसको जवाफ समेत माग गरेका छन् ।

त्यस्तै कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य, ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ कोरियन एयरलाइन्सले किन अत्यधिक भाडा लिएको भन्दै लिखत जवाफ सहितको स्पष्टीकरण माग गरिएको हो ।

ईपीएसमार्फत कोरिया जाने नेपालीको हवाई भाडा अत्यधिक महँगो भयो भनेर बारम्बार प्रश्न उठ्दै आएको थियो । त्यसपछि भाडा घटाएर ८९५ अमेरिकी डलर बनाइएको थियो । त्यसअघि १२ सय अमेरिकी डलर भाडा लिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्